नियम ३३
तयारी वस्तु राख्ने ठाउ
(१) उत्पादन गरिएको वस्तु इजाजतपत्रवालाले त्यस्तो वस्तु उत्पादनस्थल परिसरभित्र गोदाममा राख्नु पर्नेछ । स्वयं निष्काशन प्रणाली अनुरूप निष्काशन हुनेमा बाहेक गोदामको एउटा ताल्चाको साचो ईजाजतपत्रवालाको प्रतिनिधि र अर्को ताल्चाको सा“चो अन्तशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम राखिएका अन्तशुल्क लाग्ने वस्तुहरू सुरक्षित साथ राख्ने जिम्मेवारी इजाजतपत्रवालाको हुनेछ । आगो लागी वा चोरी भई वा अरू कुनै कारणले त्यस्तो अन्तशुल्क लाग्ने वस्तु नोक्सान भएमा उक्त नोक्सानी बापत नेपाल सरकार जवाफदेही हुने छैन ।
(३) अन्तशुल्क लाग्ने उत्पादनस्थलभित्र रहेका वस्तु अन्तशुल्क अधिकृतको पूर्णरेखदेखमा रहनेछ । अन्तशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीको इजाजत वेगर कुनै पनि अन्तशुल्क लाग्ने वस्तु सम्बन्धी कच्चा पदार्थ, अर्ध तयारी पदार्थ वा तयारी पदार्थ उत्पादनस्थल बाहिर लैजान हुदैन । स्वयं निष्काशन प्रणाली अन्तर्गत निष्काशन हुने वस्तुको हकमा अन्तशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले खाता तथा विवरण जाची प्रमाणित गरे मात्र पुग्नेछ ।